चुनाव प्रचारका लागि १५ दिनको समयसीमा: आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचारप्रसारको समयसीमा तोकेको छ। आयोगले तोकिएको कार्यतालिकाबमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचारका लागि निश्चित अवधि प्रदान गर्दै आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आज राति १२ बजेदेखि सुरू हुने प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ। उहाँले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र गतिविधि सञ्चालन गर्न सचेत गराउनुभयो।

सञ्चारकर्मीसँगको भेटघाटमा आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घन नगर्न स्पष्ट निर्देशन दिएको छ। उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, दण्ड–जरिवाना गर्ने तथा गम्भीर प्रकृतिको अवस्थामा उम्मेदवारी खारेजसम्मको कारबाही हुनसक्ने आयोगले जनाएको छ।

“आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उम्मेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्न सक्छ,” भण्डारीले चेतावनी दिँदै भन्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्