पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य समायोजन गरिएको नेपाल आयल निगम ले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ कायम गरिएको छ।

यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्