वरिष्ठ राजनीतिज्ञ तथा राप्रपाका नेता विश्वबन्धु थापाको निधन

काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारका क्रममा काठमाडौँस्थित ह्याम्स अस्पताल मा हिजो बेलुका निधन भएको राप्रपाका नेता राजाराम बर्तौला ले जानकारी दिनुभयो।

झन्डै एक महिनाअघि उहाँलाई स्ट्रोक भएको थियो। २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक हुनुहुन्थ्यो। तत्कालीन राजा महेन्द्र बाट २०१७ सालमा चालिएको राजनीतिक कदमपछि पञ्चायती व्यवस्थालाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिनुभएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत हुनुभएको थियो।

उहाँले राजनीतिक जीवनको विभिन्न चरणमा फरक–फरक भूमिकामा काम गर्नुभएको थियो। थापा एक समय नेपाली कांग्रेस का महामन्त्री तथा तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्षसमेत रहनुभएको थियो।

थापाको अन्त्येष्टि अघि उहाँको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि काठमाडौँस्थित पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने नेता बर्तौलाले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्