२०८३ सालको पात्रो प्रकाशित, कात्तिक ४ गते दशैँको टीका

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको आधिकारिक पात्रो प्रकाशित गरेको छ। प्रकाशित पात्रोअनुसार आगामी वर्षका प्रमुख पर्व तथा तिथिहरू यसप्रकार रहेका छन्। वैशाख ४ गते शुक्रबार मातातीर्थ औँसी (मातातीर्थ स्नान) तथा वैशाख १८ गते शुक्रबार गौतम बुद्ध जयन्ती मनाइनेछ।

साउन १३ गते बुधबार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी तथा भदौ २९ गते सोमबार हरितालिका तीज परेको छ। मुख्य चाड दशैं असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुनेछ भने कात्तिक ४ गते बुधबार विजयादशमी (टीका) मनाइनेछ।

त्यस्तै तिहार कात्तिक २० गते शुक्रबारदेखि सुरु भई कात्तिक २५ गते बुधबार भाइटीका लगाइनेछ। कात्तिक २९ गते आइतबार छठ पर्व मनाइनेछ। माघ २४ गते आइतबार सोनाम ल्होसार, माघ २८ गते बिहीबार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिबार महाशिवरात्रि तथा फाल्गुन २५ गते ग्याल्पो ल्होसार परेको छ। यस्तै, चैत्र ७ गते पहाडी क्षेत्रमा र ८ गते तराई क्षेत्रमा होली पर्व मनाइने समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्