काठमाडौं — नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचारप्रसार समिति संयोजक देवराज चालिसेका अनुसार आइतबार घोषणापत्र सार्वजनिक गरिनेछ। कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको जनाएको छ।
प्रतिज्ञा पत्र सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन्।







