जनताको आशिर्वाद माग्दै दुहुँको गाउँ बस्तीमा काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशी

दार्चुला – नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको प्रचारप्रसारको टोलिले आज दुहुँ गाउँपालिकाको वडा नम्बर १ पिपलचौरी,वडा नम्बर २ हिकिलाका आम मतदाता,काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको काङ्ग्रेस दुहुँ गाउँपालिका सचिव केशर सिंह कार्कीले जानकारी दिएका छन् ।

दुहुँको पिपलचौरीमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र बहादुर बमंले जनताले आफ्नो जनप्रतिनिधि चयन गर्दा आवेग होईन विवेक प्रयोग गरेर,उत्तेजनाले होइन चेतनाले मतदान गरेर जिल्लाको लागी राष्ट्रको लागि योगदान गर्न सक्ने नेता चयन गर्नुपर्ने बताए साथै अहिले दार्चुलामा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न दलका उम्मेदवारहरु मध्ये काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका धर्मानन्द जोशी योग्य व्यक्ति,सक्षम व्यक्ति,बौद्धिक व्यक्ति भएको र धर्मानन्द जोशी राजनीतिमा नयाँ अनुहार भएपनी समाजिक तथा मानवीय सेवा,बौद्धिक जमात,कानुनी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा निति निर्माण,दन्द्व व्यवस्थापन,मानव अधिकारका क्षेत्रमा धर्मानन्द जोशी चिर परिचित नाम भएकोले दार्चुलाको सांसद पदको लागि काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशी योग्य उम्मेदवार रहेकोले उहाँलाई विजयी गराउन आवश्यक रहेको जिल्ला कार्यसमिति सदस्य बमंले बताए ।

यस्तै दुहुँको पिपलचौरीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एमालेको भातृ संगठन अखिल नेपाल महिला संगठन दुहुँ १ का अध्यक्ष मनिषा बमं सहित अन्य ७ जना महिलाहरु द्रोपती बमं,शान्ति बमं,कलावती बमं,पार्वती बमं,शान्ति बमं,संगिता बमं,कुशु लुहार एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश गरेको दुहुँ १ का वडा सभापति विशन सिंह बोहराले जानकारी दिएका छन् । विगतमा काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकार हुँदा गाउँमा आम जनताले विकासको अनुभुति गर्न पाएका थियौ तर अहिले एमाले नेतृत्वको स्थानीय सरकारले पुर्वाग्रह राखेर सेवा प्रवाह गर्ने,र जनताको चाहाना भावना अनुसारको काम गर्न नसकेकोले र काङ्ग्रेसको नेतृत्वमा रहेको वडा नम्बर १ मा वडा अध्यक्षले वडामा शिक्षा स्वास्थ खानेपानीका क्षेत्रमा प्रदेश,केन्द्र सरकार संग समन्वय गरेर बजेट विनियोजन गरेकाले काङ्ग्रेसले नै विकास गर्न सक्छ भन्ने विस्वास सहित काङ्ग्रेस प्रवेश गरेको नवप्रवेशी मनिषा बमंले बताए ।


यस्तै वर्तमान राजनीतिक परिवेशमा दार्चुलाको लागि योग्य सक्षम बौद्धिक र ईमानदार व्यक्तिलाई काङ्ग्रेसले उम्मेदवार बमाएकाले काङ्ग्रेस भित्र आपसी एकता सद्भाव कायम गर्दै एकढिक्का भएर अहिलेसम्म काङ्ग्रेसको किल्लाको रूपमा रहेको दुहुँको वडा नम्बर १ बाट अगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा काङ्ग्रेसलाई बहुमत दिने नेपाल तरुणदलका केन्द्रिय सदस्य जित बहादुर बमले बताए ।
दुहुँको वडा नम्बर १ र २ मा भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका धर्मानन्द जोशीले आफू जनताको सेवक बन्ने उदेश्यले राजनीतिमा आएकोले मत दिने जनताको शिर झुक्न नदिने गरि आफुले ईमान्दारिपुर्वक शुसासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा निडर भएर काम गर्ने बताउनुभयो साथै आफुले दार्चुलाको भूगोल मात्रै नभएर दार्चुलाको अवशर सम्भावना र दार्चुलालेलि जनताको भावना बुझेकोले जनताको मर्म भावना अनुसार सांसदले गर्नुपर्ने कामका लागी आफू सधै प्रयत्नशील रहने बताए ।

भेटघाट तथा घरदैलो कार्यक्रममा जिल्ला सभापति ललित सिह बोहरा,सचीव पुलेन्द्र बहादुर कार्की,महासमिति सदस्य हरक बिष्ट,महाधिवेशन प्रतिनिधि एवं पुर्व ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी,सह सचीव राजु अवस्थी,जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र बहादुर बम,तरुण दल केन्द्रिय सदस्य जितबहादुर बम ब्याँस पालिका सभापति नरेन्द्र दत्त भट्ट,प्रदेश सभा क्षेत्रीय कार्यसमिति उप सभापति बिरादत्त भट्ट,महाधिवेशन प्रतिनिधि आनन्दी पन्त,सह सचिव कलम धामी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्