शैल्यशिखर-८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या प्रकरणका दुई जना पक्राउ

 

दार्चुला — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार राति आफ्नै घरमा मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा शैल्यशिखर–८ कै २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार घटनाको अनुसन्धानका क्रममा दुवै जनालाई पक्राउ गरिएको हो। संघीय प्रहरी कार्यालय महेन्द्रनगर बाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार मृतकका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा हत्या गरी गरगहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नाथले सहयोगीको भूमिका निभाएको आरोप छ।

घटनापछि लुटिएका झन्डै दुई तोला बराबरका गरगहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्