बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, उपभोक्ता सास्तीमा

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ। माघ महिनाको पहिलो हप्तादेखि बजारमा ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारण समस्यामा परेका छन्। अभाव भएको करिब एक महिना पुग्न लाग्दा पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन।

आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गरिरहेको जनाएको छ। विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ।

यस्तै, विभागले ठूला ग्यास उत्पादन कम्पनीहरूलाई समेत आवश्यक निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगहरूको अनुगमनका क्रममा उपभोक्ताको मागअनुसार उत्पादन तथा वितरण बढाउन निर्देशन दिइएको जनाइएको छ। उद्योगहरूलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता वृद्धि गर्न विभागले जोड दिएको छ।

खाना पकाउने ग्यास वितरण गर्ने डिलर, रिटेलर तथा सप्लायर्स कम्पनीहरूलाई उपभोक्ताको मागको प्रभावकारी अभिलेख राखी अनावश्यक सञ्चय नगर्ने गरी समन्यायिक वितरण गर्न निर्देशन दिइएको छ। त्यसैगरी, विभागले उपभोक्ता र व्यावसायिक प्रतिष्ठानलाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगरी आवश्यक परिमाणमा मात्र खरिद गर्न आग्रह गरेको छ।

विभागका अनुसार बजारमा ग्यासको उपलब्धता, भण्डारण तथा वितरण अवस्थाको उद्योग, ठूला सप्लायर्स र साना डिलर स्तरसम्म आपूर्ति शृङ्खलाको अनुगमन तथा विश्लेषण भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्