दार्चुलाको शैल्यशिखरमा ज्येष्ठ नागरिकको हत्या, गरगहना लुटपाट

दार्चुला । दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट गरिएको छ । शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशीको मंगलबार हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी जोशीको हत्या गरी घरबाहिर फालिएको अवस्थामा शव फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिएका छन् । उनका अनुसार मृतकको टाउकोमा चोट लागेको देखिएको छ ।

हत्यापछि उनले लगाएको करिब साढे तीन तोला सुन लुटपाट भएको बताइएको छ । साथै घरभित्र रहेको बाकस फुटेको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरजसिंह भाट नेतृत्वको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्