तराई र उपत्यकामा वायु प्रदूषण बढ्न सक्ने अनुमान, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज तराईसहित काठमाडौँ उपत्यका क्षेत्रमा तुँवालो लागेको छ। तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई र उपत्यकामा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले वायु प्रदूषणबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ भने सुदूरपश्चिम, कर्णालीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्