काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने चुनावलाई लक्षित गर्दै चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सहभागी उत्कृष्ट तीन भिडियो छनोट गरी नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। भिडियोको भ्युजका आधारमा विजेता छनोट गरिनेछ।
प्रतियोगिताका लागि चुनाव प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषय समेटिएको अधिकतम एक मिनेटको भिडियो तयार गर्नुपर्नेछ। उक्त भिडियो टिकटकसँगै युट्युब र फेसबुकमा पनि पोस्ट गरी त्यसको लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।








