काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीले लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनले आफू गहिरो दुःखी भएको बताउनुभएको छ।
शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले थापाको निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र क्षेत्रले पनि एक सशक्त र बहुआयामिक कलाकार गुमाएको उल्लेख गर्नुभएको छ। ‘चिनो’देखि ‘मेरी कोम’सम्मका उनका अभिनयले दर्शकको मन जित्न सफल भएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्रीले चार दशकभन्दा लामो समयको थापाको योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणादायी रहने बताउँदै उहाँका चरित्रहरू दर्शकका स्मृतिमा सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले दिवंगत कलाकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा कला क्षेत्रप्रति समवेदना व्यक्त गर्नुभएको छ।







