क्यानका तत्कालीन महानिर्देशक अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतले दिएको आदेशलाई सदर गरेको हो । विशेष अदालतले थुनामा पठाउने आदेश गरेपछि अधिकारी उक्त आदेशविरुद्ध निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

यसअघि मङ्सिर २१ गते विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित पाँच जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको थप सुनुवाइ र अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्