काठमाडौँ- गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयले निर्वाचन अवधिमा हुन सक्ने आचारसंहिता उल्लङ्घन रोक्न आवश्यक कदम चाल्न र गरिएका गतिविधिको नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकेको हो। यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्टसमेत गठन गरिएको छ।







