पुरुष टी–२० विश्वकपको अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ । नवी मुम्बईमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
टस जितेर ब्याटिङ गरेको भारतका इशान किशनले आक्रामक अर्धशतक प्रहार गर्दै २० बलमा ५३ रन जोडे । तिलक वर्माले ४५ रनको उपयोगी इनिङ्स खेले भने सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले अन्त्यतिर तीव्र ब्याटिङ गर्दै टोलीको स्कोर मजबुत बनाए ।
२ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ७ विकेट गुमाउँदै २ सय १० रनमै सीमित भयो । दक्षिण अफ्रिकाका मार्को यान्सेनले किफायती बलिङ गर्दै १ विकेट लिए ।
यससँगै अभ्यास खेलमा भारतले जित हात पारेको छ ।







