काठमाडौँ – पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ भने पहाडी तथा हिमाली भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
आज राति पनि तराईका केही क्षेत्रमा कुहिरो लाग्ने अनुमान गरिएको छ । कुहिरो र चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
विशेषगरी बिहान र रातिको समयमा तराई क्षेत्रमा सवारी साधन चलाउँदा सावधानी अपनाउन तथा गति नियन्त्रणमा राख्न सुझाव दिइएको छ ।








