अभ्यास खेलमा नेपालद्वारा युएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ।

चेन्नईमा गएराति सम्पन्न खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले तेस्रो विकेटका लागि १ सय ३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

आरिफ शेखले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५० रन बनाए। कप्तान रोहित पौडेलले १६ रन बनाए भने आसिफ शेख र कुशल भुर्तेलले समान ८–८ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई–दुई विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल पर्सि क्यानडासँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्