काठमाडौं – लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार जारी गरेको विज्ञप्तिमार्फत सार्वजनिक बिदाको जानकारी दिनुभएको हो।
लुम्बिनी प्रदेश सभा २०७४ माघ २१ गते स्थापना भएको थियो। यस वर्ष लुम्बिनी प्रदेश सरकार स्थापना भएको आठ वर्ष पूरा भएको छ। यसअघि २०८० सालसम्म माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसका रूपमा छुट्टाछुट्टै मनाइँदै आएको थियो। तर २०८० सालदेखि दुवै दिवसलाई एकै दिन मनाउने निर्णय गर्दै माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन थालिएको छ।







