सुनचाँदीको भाउ लगातार ओरालो, आज पनि १३ हजारको गिरावट

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावका कारण पछिल्ला दिनमा सुनचाँदीको भाउ निरन्तर घटिरहेको व्यवसायीहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्