आज स्वस्थानी व्रत कथा समापन, माधवनारायण व्रत पनि आजै सम्पन्न

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि शुरू गरिएको स्वस्थानी व्रतअन्तर्गत देशभरका भक्तजनले नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आज व्रत समापन गर्न लागेका हुन् । स्वस्थानी व्रतसँगै स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा उल्लेखित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजै समाप्त हुँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिनेछ । त्यसपछि रात्रिमा जागराम बस्ने तथा बिहीवार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा सम्पन्न हुने धार्मिक विधि रहेको छ ।

यसैबीच, काठमाडौँ उपत्यकाको पूर्वी क्षेत्रमा रहेको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको माधवनारायण व्रत पनि आजकै दिन समापन हुँदैछ । माधवनारायण व्रतका लागि एक महिनादेखि शालिनदी क्षेत्रमा बसोबास गर्दै आएका भक्तजनहरूले आज अन्तिम स्नान, पूजा तथा विधि सम्पन्न गर्दै व्रत टुंग्याउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्