फागुन २१ को चुनावका लागि वडा तहसम्म समन्वयको अवधारणा सार्वजनिक

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा सार्वजनिक गरेको छ । गृह मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गर्दै चुनाव प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, निजी क्षेत्र तथा प्रबुद्ध व्यक्तिको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ ।

अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनमा समावेश गरी अपनत्वसहित निष्पक्ष चुनाव सम्पन्न गर्ने उद्देश्यले अवधारणा ल्याइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

उक्त अवधारणा कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्