कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ – आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । ती क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । गएको मङ्गलबार र बुधबार देशका पश्चिमी क्षेत्रमा भएको वर्षा र हिमपातपछि प्रभावित जनजीवन भने क्रमशः सामान्य बन्दै गएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले धेरै स्थानमा घाम लागे पनि बिहान र बेलुका चिसो कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्