काठमाडौं – नेरीक किण्डरवल्ड स्कुलको आयोजनामा हस्तकला प्रदशर्नी Art and Crafts Exhibition भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाको सिर्जनात्मक क्षमता, कल्पनाशीलता र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विविध कलात्मक तथा हस्तकला सामग्रीहरू प्रदर्शन गरिएको प्रिन्सिपल मिलन केसीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा बालमैत्री कलाकृति, रङ्गीन चित्र, हस्तनिर्मित सामग्री, पुनः प्रयोगयोग्य वस्तुबाट बनाइएका सिर्जनाहरूले अभिभावक तथा आगन्तुकहरूको ध्यान आकर्षित गरेको थियो। साना उमेरमै बालबालिकामा कला, सिर्जना र आत्मविश्वास विकास गराउन प्रदर्शनी प्रभावकारी रहेको अभिभावकहरूको प्रतिक्रिया रहेको छ।

विद्यालयले व्यवहारिक सिकाइ, सृजनशील शिक्षण पद्धति र बालकेन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको जनाएको छ। नेरीक किण्डरवल्ड स्कुलले आगामी दिनमा पनि बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेरीक किण्डरवल्ड स्कुल नेरीक एकेडेमीकै जुनिएर ब्लक हो । जहाँ बालमैत्री शिक्षा प्रदान गर्नका लागि छुट्टै ब्लकको व्यवस्था गरेको छ ।








