आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज सोही मात्राले घटेर अस्ति बुधबारको स्तरमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति बुधबार पनि सुनको भाउ यही दरमा कायम थियो।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो। त्यस्तै, चाँदीको भाउ पनि हिजोको तुलनामा घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलाको ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्