काठमाडौं – सरकारले नेपाल प्रहरीका लागि रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो फागुन १ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि जानकारी दिँदै प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम बढाउने निर्णय भएको बताउनुभयो।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लाग्नु भएको हो।
उक्त कार्यक्रम यही माघ १८ गतेदेखि २१ गतेसम्म आयोजना हुनेछ।







