सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ३९ हजार नाघ्यो

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ३९ हजार ३०० कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य रु सात हजार ५०५ पुगेको छ।

यसअघि बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य रु सात हजार ३०० थियो। त्यसैगरी, गत मङ्गलबार सुनको मूल्य रु तीन लाख नौ हजार ३०० र चाँदीको मूल्य रु छ हजार ८७० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० अमेरिकी डलर र एक औँस चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्