जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन कुनै आदेश नदिएको दाबी गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत तत्कालीन अवस्थाबारे स्पष्ट पार्दै प्रधानमन्त्रीको आदेशमा गोली चलेको भन्ने प्रचार निराधार रहेको बताउनुभएको हो।

“केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ, मानौँ प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो। यो कुरा पूर्ण रूपमा निराधार छ,” ओलीले लेख्नुभएको छ।

उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको र दिने कल्पनासमेत गर्न नसक्ने स्पष्ट पार्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्