विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र विष्टसहित विद्यालयका लेखापाल हर्कबहादुर विष्ट, बित्थडचिर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट तथा सब–इन्जिनियर किरण भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार उनीहरूले विद्यालयलाई मनपरी ढङ्गले सञ्चालन गर्दै विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालसँग जनही २६ लाख ५४ हजार ६ सय ८३ रुपैयाँ तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सब–इन्जिनियरसँग जनही २० लाख १ हजार ७ सय ७९ रुपैयाँ बिगो मागदाबी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्