निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ –  राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट आपसी आक्षेप, अमर्यादित आरोप–प्रत्यारोप तथा घृणाजन्य अभिव्यक्तिहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको जनाउनुभयो।

विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले अराजकता बढाउने र चुनावी अवधिमा शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने उल्लेख गरिएको छ। संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि अरूको मर्यादामा आँच पुर्‍याउने र शान्ति सुरक्षामा खतरा सिर्जना गर्ने अभिव्यक्तिलाई स्वतन्त्रताको दायरामा राख्न नसकिने आयोगको ठहर छ।

आयोगले सरकारलाई शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन आवश्यक कदम चाल्न र सबै पक्षलाई संयमित, मर्यादित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्