सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि आगामी दिनमा छलफल र निर्णय प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्