फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु गरिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अबको १५ दिनभित्र मतपत्र छपाइ सम्पन्न गरिने र त्यसपछि क्रमशः निर्वाचन केन्द्रहरूमा ढुवानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार फागुन ५ गतेभित्र सबै मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने व्यवस्था मिलाइनेछ।

यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा बढी मतपत्र छपाइ सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो।

निर्वाचन आयोगले समयमै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेर निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्