लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अन्य क्लस्टरतर्फ ७ हजार ७२५ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत पाए ।

कांग्रेस, एमाले, जसपा र जनमत पार्टीको गठबन्धनका साझा उम्मेदवार रहेका ठाकुर प्रतिनिधिसभाका पूर्वसदस्यसमेत हुन् । मधेश राजनीतिका अनुभवी नेता मानिने उनी यसअघि दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । लामो राजनीतिक यात्रा र विवादबीच पनि ठाकुर राष्ट्रिय राजनीतिमा प्रभावशाली पात्रका रूपमा कायम छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्