काठमाडौँ – ज्ञान, शिक्षा र विद्याकी देवी सरस्वतीको पूजाको अवसरमा काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस् इन्टरनेशनल स्कुलमा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम श्रद्धा र उल्लासका साथ सम्पन्न भएको छ। कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापनको उल्लेख्य सहभागिता रहेको थियो। आज अक्षरारम्भ कार्यक्रममा दर्जनौँ नयाँ विद्यार्थीहरुले भर्ना समेत गरेका छन् । उनीहरुलाई विद्यालयका शिक्षक शिक्षिकाहरुले अक्षरारम्भ गराएका थिए ।

कार्यक्रममा अध्ययनको प्रारम्भ गर्ने बालबालिकालाई विधिपूर्वक अक्षरारम्भ गराइएको थियो। सरस्वती पूजालाई शिक्षा, अनुशासन र संस्कारसँग जोड्दै विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो। बालबालिकाले खुसी र आत्मीय वातावरणमा पहिलो अक्षर लेख्दै शैक्षिक यात्राको औपचारिक सुरुआत गरेका छन्।
नेक्सस् इन्टरनेशनल स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई आत्मसात गर्दै सुरक्षित, अनुशासित र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा International Primary Curriculum (IPC) अन्तर्गत शिक्षण सिकाइ प्रक्रिया सञ्चालन हुँदै आएको छ, जसले विद्यार्थीहरूको बौद्धिक, सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा समान महत्व दिन्छ।

नेक्सस् इन्टरनेशनल स्कुलले सुरक्षित, अनुशासित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शैक्षिक वातावरणमा शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्दै आएको छ। विद्यालयले व्यवहारिक सिकाइ, सिर्जनात्मक गतिविधि तथा समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै शिक्षा प्रदान गर्दै आएको जनाएको छ।
विद्यालयमा कार्यरत अनुभवी तथा तालिमप्राप्त शिक्षक शिक्षिकाहरूले प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाइ शैलीअनुसार व्यक्तिगत मार्गदर्शन प्रदान गर्ने गरेका छन्। यसले विद्यार्थीहरूलाई आत्मविश्वासी, जिम्मेवार र विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने विद्यालयको विश्वास छ।
विद्यालय प्रशासनका अनुसार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमसँगै विभिन्न कक्षाका लागि भर्ना प्रक्रिया पनि सञ्चालनमा रहेको छ। विशेष अवसरलाई ध्यानमा राख्दै नयाँ भर्ना हुने विद्यार्थीका लागि विशेष सुविधासहित भर्ना खुला गरिएको विद्यालयले जनाएको छ।







