उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रेशमलाल चौधरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।

चौधरीले आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। सर्वोच्च अदालतले उक्त रिटको पेसी आउँदो आइतबारका लागि तोकेको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गर्नुभएका चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले हिजो खारेज गरेको थियो।

चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउनुभएको थियो। तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद सजाय पाएका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस विषयमा सर्वोच्च अदालतको निर्णयले आगामी निर्वाचन प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्