सुनचाँदीको मूल्यले तोड्यो कीर्तिमान, प्रतितोला सुन ३ लाख नाघ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ४०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६ हजार १९० कायम भएको छ ।

यसअघि गत बुधबार एक तोला छापावाल सुन रु २ लाख ९५ हजार १०० र चाँदी रु ५ हजार ९२० मा कारोबार भएको थियो । मङ्गलबार सुनको मूल्य रु २ लाख ८४ हजार ७०० र चाँदी रु ५ हजार ८८० रहेको थियो ।

त्यसैगरी, गत आइतबार सुन प्रतितोला रु २ लाख ७८ हजार ८०० र चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो भने सोमबार सुन रु २ लाख ८२ हजार र चाँदी रु ५ हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९६० अमेरिकी डलर र चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभावले घरेलु बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्