नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पार्टीका वर्तमान राजनीतिक गतिविधि, सांगठनिक अवस्था तथा भावी कार्यदिशाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। नयाँ नेतृत्व चयनपछि बस्न लागेको पहिलो केन्द्रीय बैठक भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ।

विशेष महाधिवेशनपछि पार्टीलाई सुदृढ बनाउने, संगठनात्मक एकता कायम गर्ने तथा आगामी राजनीतिक कार्ययोजनाबारे महत्वपूर्ण निर्णयहरू हुने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्