सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम आयोजना
काठमाडौं – शंखमुलस्थित नेरिक किण्डरवर्ल्ड सुरक्षित, आत्मीय र बालमैत्री वातावरणमा गुणस्तरी प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको विद्यालय हो। न्यून शुल्कमा प्रभावकारी र व्यवहारिक शिक्षा दिँदै आएको यस विद्यालयले पछिल्लो समय यस क्षेत्रकै उत्कृष्ट किण्डरगार्टेन विद्यालयको रूपमा पहिचान बनाएको छ।
नेरिक किण्डरवर्ल्डमा बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र भावनात्मक विकासलाई मुख्य आधार मानेर शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गरिन्छ। खेल, सिर्जनात्मक गतिविधि, गीत संगीत, समूहगत अभ्यास र व्यवहारिक शिक्षामार्फत बालबालिकालाई रमाइलो वातावरणमा सिकाइने विद्यालयको शिक्षण विशेषता रहेको छ।

विद्यालयमा बालबालिकाका लागि छुट्टै बालमैत्री भवन, रंगीन तथा उज्याला कक्षाकोठा, सुरक्षित खेलमैदानको व्यवस्था गरिएको छ। बालबालिकाले विद्यालयलाई डरको होइन, खुशीका साथ सिक्ने स्थानका रूपमा अनुभव गर्न सकून् भन्ने उद्देश्यले सम्पूर्ण संरचना तयार गरिएको विद्यालय प्रशासनले जनाएको छ।
नेरिक किण्डरवर्ल्डमा कार्यरत अनुभवी तथा तालिमप्राप्त शिक्षक शिक्षिकाहरूले प्रत्येक बालबालिकाको क्षमता, रुचि र सिकाइ शैलीअनुसार व्यक्तिगत ध्यान दिने गरेका छन्। बालबालिकालाई आत्मविश्वासी, अनुशासित र संस्कारयुक्त बनाउने उद्देश्यका साथ शिक्षण गतिविधि सञ्चालन हुँदै आएको छ।
महँगो शुल्क तिरेर मात्र राम्रो शिक्षा पाइन्छ भन्ने धारणा चिर्दै नेरिक किण्डरवर्ल्डले सहज र पहुँचयोग्य शुल्क संरचनामा गुणस्तरी प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको छ। यस कारण विद्यालय अभिभावकहरूको विश्वास र रोजाइमा निरन्तर पर्दै आएको छ। यसै अवसरमा विद्यालयले सरस्वती पूजाको विशेष दिनमा अक्षरारम्भ कार्यक्रम आयोजना गर्न लागेको छ। अक्षरारम्भसँगै विद्यालयमा विभिन्न तहका लागि विद्यार्थी भर्ना प्रक्रिया पनि सञ्चालनमा रहेको विद्यालयले जानकारी दिएको छ। विशेष अवसरलाई ध्यानमा राख्दै भर्ना हुने विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ।
सम्पर्क विवरण
📍 नेरिक किण्डरवर्ल्ड, शंखमुल, काठमाडौं
📞 ०१–५२४२८२५, ५२४२०६२
🌐 www.nericschool.edu.np





