काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि विभिन्न तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्नुअघि अनिवार्य रूपमा राजीनामा दिनुपर्ने प्रावधानअनुसार कुल ३७ जना जनप्रतिनिधिले आफ्नो पद त्यागेका हुन्।
राजीनामा दिनेमा ४ जना संघीय मन्त्री, ३ जना राष्ट्रिय सभा सदस्य, १४ जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका जनप्रतिनिधि रहेका छन्। छ महिने कार्यकाल भएको वर्तमान सरकारमा चुनावी प्रयोजनका लागि नियुक्त चार मन्त्रीले चुनाव लड्नकै लागि करिब दुई महिना अगावै राजीनामा दिएका हुन्।
राष्ट्रिय सभा र प्रदेश सभा
फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका तीन जना राष्ट्रिय सभा सदस्यले राजीनामा दिएका छन्, जसमध्ये दुई जना प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
प्रदेश तहमा प्रत्यक्ष निर्वाचित १४ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। तीमध्ये १३ जना उम्मेदवार बनेका छन् भने एक जनाले टिकट नपाएको जनाइएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा धेरै ६ जना, मधेस प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट १ जनाले राजीनामा दिएका छन्।
स्थानीय तह
स्थानीय तहबाट ४ जना नगर प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, १ जना नगर उपप्रमुख, १ जना गाउँपालिका उपाध्यक्ष, ३ जना वडाध्यक्ष र १ जना वडा सदस्यले पद त्यागेका छन्। राजीनामा दिएका स्थानीय तहका सबै जनप्रतिनिधिले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका छन्।
राजीनामा दिने जनप्रतिनिधिहरूको पूर्ण सूची
संघीय मन्त्री (४ जना)
-
कुलमान घिसिङ – काठमाडौं–३ (उज्यालो नेपाल पार्टी)
-
बब्लु गुप्ता – काठमाडौं–३ (राष्ट्रिय स्वतन्त्र पार्टी)
-
जगदीश खरेल – ललितपुर–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
-
महावीर पुन – म्याग्दी (स्वतन्त्र)
राष्ट्रिय सभा सदस्य (३ जना)
-
वामदेव गौतम – उम्मेदवार नभएको
-
नारायणकाजी श्रेष्ठ – सर्लाही–३
-
भगवती न्यौपाने – तनहुँ–१
प्रदेश सभा सदस्य (१४ जना)
बागमती प्रदेश
8. युवराज दुलाल (सिन्धुपाल्चोक–२ ख) — सिन्धुपाल्चोक–२ (नेपाली कम्युनिस्ट पार्टी)
9. प्रकाश श्रेष्ठ (काठमाडौं–७ ख) — काठमाडौं–७ (नेकपा एमाले)
10. अमनकुमार मास्के (काठमाडौं–६ ख) — काठमाडौं–६ (नेकपा एमाले)
11. कुन्दनराज काफ्ले (दोलखा–१ ख) — उम्मेदवार नभएको
12. वसन्त मानन्धर (काठमाडौं–७ क) — काठमाडौं–७ (नेपाली कम्युनिस्ट पार्टी)
13. सुनिल केसी (काठमाडौं–२ क) — काठमाडौं–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
लुम्बिनी प्रदेश
14. धनबहादुर मास्के (दाङ–२ ख) — दाङ–२ (नेपाली कम्युनिस्ट पार्टी)
15. धर्मबहादुर चौधरी (बर्दिया–२ ख) — बर्दिया–२ (उज्यालो नेपाल पार्टी)
16. कन्हैया बानियाँ (रुपन्देही–४ क) — रुपन्देही–४ (राष्ट्रिय स्वतन्त्र पार्टी)
मधेस प्रदेश
17. रामचन्द्र मण्डल (धनुषा–१ ख) — धनुषा–१ (नेकपा एमाले)
18. सतीशकुमार सिंह (सप्तरी–२ क) — सप्तरी–२ (स्वाभिमान पार्टी)
19. रहबर अन्सारी (पर्सा–१ क) — पर्सा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)
20. भरतप्रसाद साह (महोत्तरी–१ ख) — महोत्तरी–१ (नेपाल कम्युनिस्ट पार्टी)
सुदूरपश्चिम प्रदेश
21. डा. तारा जोशी (डडेल्धुरा–१ ख) — डडेल्धुरा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)
स्थानीय तह प्रमुख/अध्यक्ष (९ जना)
-
बालेन्द्र शाह – काठमाडौं महानगरपालिका प्रमुख — झापा–५ (राष्ट्रिय स्वतन्त्र पार्टी)
-
रेनु दाहाल – भरतपुर महानगरपालिका प्रमुख — चितवन–३ (नेपाली कम्युनिस्ट पार्टी)
-
हर्क साम्पाङ – धरान उपमहानगरपालिका प्रमुख — सुनसरी–१ (श्रम संस्कृति पार्टी)
-
अशोक व्याञ्जु – धुलिखेल उपमहानगरपालिका प्रमुख — काभ्रेपलाञ्चोक–२ (नेकपा एमाले)
-
रणबहादुर राई – सूर्योदय नगरपालिका प्रमुख — इलाम–१ (श्रम संस्कृति पार्टी)
-
रामलाल डगौरा – टीकापुर नगरपालिका प्रमुख — कैलाली–१ (नागरिक उन्मुक्ति पार्टी)
-
असीम राई – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष — सोलुखुम्बु–१ (नेपाली कम्युनिस्ट पार्टी)
-
मेजर कुमार राई – लिम्चुङबुङ गाउँपालिका अध्यक्ष — उदयपुर–२ (स्वतन्त्र)
-
खिमलाल थापा – कालीगण्डकी गाउँपालिका अध्यक्ष — स्याङ्जा–२ (नेकपा एमाले)
उपप्रमुख/उपाध्यक्ष (२ जना)
-
मारुद्दिन राई – नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख — बाँके–२ (जनता समाजवादी पार्टी)
-
अस्मिता थापा – लिखु गाउँपालिका उपाध्यक्ष — ओखलढुंगा–१ (नेकपा एमाले)
वडा अध्यक्ष/सदस्य (४ जना)
-
सुशील साह कानू – वीरगञ्ज महानगरपालिका–१० वडाध्यक्ष — पर्सा–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
-
रामकिशोर पराग सिंह – वीरगञ्ज महानगरपालिका–२० वडाध्यक्ष — पर्सा–१ (उज्यालो नेपाल पार्टी)
-
सूर्यबहादुर भट्टराई – धरान उपमहानगरपालिका–१७ वडाध्यक्ष — सुनसरी–१ (नेपाली कम्युनिस्ट पार्टी)
-
शशी दास – कलैया उपमहानगरपालिका–१ वडा सदस्य — बारा–१ (समुन्नत नेपाल पार्टी)





