प्रदेशसभा र पालिकामा रिक्त पदको चुनाव फागुन २१ लगत्तै गर्ने तयारी: निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि लगत्तै उपनिर्वाचन गर्ने तयारी गरेको जनाएको छ।

कतिपय प्रदेशसभा सदस्य तथा पालिकाका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागिता जनाएका कारण विभिन्न स्थानमा पद रिक्त भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारसँग आवश्यक परामर्श गरी रिक्त रहेका पदहरूमा ६ महिनाभित्र निर्वाचन गरिसक्ने जानकारी दिनुभयो। निर्वाचित भई कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिएपछि ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उहाँले स्पष्ट गर्नुभयो।

उहाँले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफल रूपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षसँग सहयोगको अपेक्षा समेत गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्