शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो ।

अर्थमन्त्री खनालका अनुसार पुनले आफ्नो अभियानमा सक्रिय हुन राजीनामा दिनुभएको हो । उहाँको राजीनामासँगै सरकारमा हाल प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका कारण मन्त्रीहरूले पद छाड्ने क्रम जारी रहेको देखिएको छ ।

यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता र ऊर्जामन्त्री कुलमान घिसिङले पनि पदबाट राजीनामा दिनुभएको थियो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मन्त्रीहरूले राजीनामा दिने क्रम बढ्दै गएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्