एमालेबाट कञ्चनपुर क्षेत्र नं. २ मा जनताको भरोसा बोक्दै चुनावी मैदानमा बचन बहादुर सिंह

कञ्चनपुर – नेकपा (एमाले) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि बचन बहादुर सिंह प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। एमालेबाट उम्मेदवारी दिएका सिंहलाई कञ्चनपुर–२ का जनताको भरोसा बोकेको उम्मेदवारका रूपमा हेरिएको छ भने उनको उम्मेदवारीसँगै जिल्लाको राजनीतिक माहोल थप सक्रिय बनेको छ।

यसअघि यो क्षेत्रबाट एमालेबाट नरबहादुर धामी र कांग्रेसबाट एनपी साउदले प्रतिष्पर्धा गरेका थिए । जसमा एनपी साउँदसँग नरबहादुर धामीले पराजय हुनुपरेको थियो । त्यसैले यो निर्वाचनमा बचनबहादुर सिँहलाई प्रतिष्पर्धामा पठाउने एमालेले निर्णय गरेको हो । यो निर्वाचनमा कांग्रेसबाट एनपी साउद, नेकपाबाट माधव पन्त र रास्वपाबाट दिपक बोहरा चुनावी मैदानमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्