देउवा प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाको स्वकीय सचिवालयले उहाँ निर्वाचनमा सहभागी नहुने जानकारी दिएको हो।

प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै गरेको सन्दर्भमा देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यसपटक देउवाले चुनाव नलड्ने स्पष्ट पारेका हुन्। देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर विजयी हुँदै आएका थिए। अहिलेसम्म सात पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका देउवाको निर्वाचन नलड्ने निर्णयले कांग्रेसभित्र र राष्ट्रिय राजनीतिमा चासो बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्