एनपी साउद कञ्चनपुर–२ बाट कांग्रेसको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसका नेता एनपी साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर-२ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदको उम्मेदवारी पारित गरेको हो।

त्यस्तै, कञ्चनपुर–१ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिने निर्णय गरिएको छ। कञ्चनपुर–३ बाट भने उम्मेदवार टुंगो लाग्न बाँकी छ। २०७९ सालमा यो क्षेत्रबाट रमेश लेखक निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्