काठमाडौं – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्ने उद्देश्यले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा बोर्ड गठन गरिएको हो। संसदीय बोर्डमा सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरू रहने व्यवस्था गरिएको छ। बोर्डले आगामी निर्वाचनमा उम्मेदवार छनोट तथा टिकट वितरणसम्बन्धी निर्णय गर्नेछ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको हो। बैठकमा २१ फागुनमा हुने निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीति, संगठन परिचालन र तयारीका विषयमा पनि छलफल गरिएको छ।
पार्टी नेतृत्वले संसदीय बोर्ड गठनसँगै निर्वाचन तयारीलाई थप तीव्र बनाउने र समयमै उम्मेदवार छनोट गरी चुनावी अभियान प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।





