कांग्रेस विभाजनको असरबारे लेखाजोखा, फागुन २१ को निर्वाचनमा आशंका

 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस विभाजन भएसँगै त्यसले पार्ने राजनीतिक र निर्वाचनसम्बन्धी प्रभावबारे चासो बढ्न थालेको छ ।

कांग्रेसको आन्तरिक विवादका कारण पार्टी विभाजन भए पनि यसको असर पार्टीभित्र सीमित नरहेर मुलुकको समग्र राजनीति र निर्वाचन प्रक्रियामै पर्न सक्ने आकलन गरिएको छ । विशेषगरी फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने हो कि भन्ने आशंका देखिन थालेको छ । यद्यपि एउटा पार्टीको आन्तरिक विवादकै कारण चुनाव सर्नु वा स्थगित हुनु नहुने धारणा पनि व्यापक छ ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेसको विवाद तत्काल टुंगिने सम्भावना नरहेको बताएका छन् । उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्न सक्ने अवस्था छ, जसले निर्वाचन प्रक्रिया जटिल बनाउने जोखिम देखिएको छ ।

चुनाव नजिकिएको र समानुपातिक उम्मेदवारको सूची बुझाइसकिएको अवस्थामा आधिकारिकता विवाद चर्किनु निर्वाचनका लागि राम्रो संकेत नहुने पाण्डेको भनाइ छ । यस्तो अवस्था लम्बिए फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने सम्भावनालाई नकार्न नसकिने उनको आकलन छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस विभाजनले लोकतान्त्रिक अभ्यास र राजनीतिक स्थायित्वमाथि समेत प्रश्न उठाएको छ । त्यसैले निर्वाचन प्रक्रिया प्रभावित नहोस् भन्नेतर्फ राज्यका सबै निकाय र राजनीतिक दल जिम्मेवार हुनुपर्ने आवश्यकता देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्