नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा आज मिति २०८२ पौष ३० गते बुधबारका दिन नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै श्री महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

बैंकको नियमावलीको नियम ३१ बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिएको छ। साथै, उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्