कांग्रेसको विवाद समाधानका लागि देउवा निवासमा निर्णायक बैठक

काठमाडौँ- भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी रहँदा आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बैठक बोलाएका छन्।

अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि सहभागी हुन आह्वान गरेका छन्। संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसहितका नेताहरू देउवा निवास महाराजगञ्ज पुगिसकेको बताइएको छ।

मंगलबार दिनभर विभिन्न चरणमा भएका वार्ताहरू निष्कर्षविहीन भएका थिए। राति अबेरसम्म संवाद भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति नजुट्दा वार्ता टुंगिन सकेन।

विशेष महाधिवेशन पक्षधर तथा वार्तामा सहभागी नेता गुरूराज घिमिरेले बिहानसम्म कुनै चमत्कार भए पार्टी एकता कायम हुने, नभए नेतृत्व छनोटको प्रक्रियामा जानुपर्ने अवस्था आउने बताएका छन्। कांग्रेसभित्रको विवाद कुन दिशातर्फ जाने भन्ने चासो बढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्