नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित गरिएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेताहरू मंगलबार दिनभर आन्तरिक विवाद समाधानका लागि वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी रहेकाले उनीहरू केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने बताउँदै आएका छन्। पार्टीभित्र जारी विशेष महाधिवेशन र केन्द्रीय कार्यसमिति बैठक एकसाथ चलिरहेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्