काठमाडौं महानगरपालिकाका मेयर बालेनले माघ ४ गते राजीनामा दिने तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका क्रममा उनले मेयर पद छाड्न लागेका हुन्। निर्वाचन आयोगका अनुसार माघ ६ गते प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन तोकिएको छ। सोही समयतालिकाअनुसार उम्मेदवारी दर्ताअघि नै मेयर शाहले पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार माघ ४ गते राजीनामा दिएपछि मेयर शाह भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका रहेको छ। त्यसपछि उनी मधेश प्रदेशतर्फ जाने बताइएको छ।

मेयर शाहले पछिल्लो समय मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा आफ्नो राजनीतिक सक्रियता बढाउँदै आएको उनी निकटस्थहरूले बताएका छन्। रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको उम्मेदवारका रूपमा निर्वाचनमा जाने विषयमा सहमति भएको दाबी पनि स्रोतले गरेको छ।

मेयर शाहको राजीनामासँगै काठमाडौं महानगरको नेतृत्व र आगामी राजनीतिक समीकरणलाई लिएर थप चर्चा र चासो बढ्ने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्