कांग्रेस विशेष महाधिवेशनः आजै साँझ ९ बजे मतदान हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यतालिकाअनुसार आजै साँझ ९ बजे मतदान हुने तय गरिएको छ । कार्यतालिकामा मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ भने नामावलीमाथि दाबी–विरोध र छलफल साढे १ बजेसम्म गर्न सकिनेछ ।

त्यस्तै, दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यका लागि हुने जनाइएको छ ।

यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्